एमाले र राप्रपा नेपालबीच गठबन्धन (सहमतिपत्रसहित)

एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । आज (बुधबार) थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुई दल बीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँच बुँदे सहमति भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।



सहमतिमा राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने, देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने, राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउनेलगायतका सहमति भएको छ ।

यस्तो छ सहमतिपत्र

यस्तो छ सहमतिपत्र

 

सम्बन्धित समाचार