नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।

नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । आज (बुधबार) थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुई दल बीच स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको हो ।
एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच पाँच बुँदे सहमति भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाल परिवार दलका अध्यक्षको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।
सहमतिमा नेपाल परिवार दलका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने, देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने, परिवार दलले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने र नेकपा एमालेले परिवार दलका उम्मेदवारलाई सघाउनेलगायतका सहमति भएको छ ।
यस्तो छ सहमतिपत्र

