नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-४ बुढाथोकी कोल्डस्टोर नजिक सोही ठाउँ बस्ने ४७ वर्षीया सुभद्रा बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै झापा, शिबसताक्षी नगरपालिका-९ बिरान चोक बस्ने ६० वर्षीया पंचमाया शंकर घर नजिकै रहेको झर्ना खोलामामंगलबार मृत्य अवस्थामा फेला परेकी छन् । यता पर्वत, जलजला गाउँपालिका-४ लामाखेत बस्ने डिल बहादुर दमाई सोही गाउँपालिका-८ खनियाँघाटस्थित कालीगण्डकी नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै तनहुँ, ब्यास नगरपालिका-५ पाटनस्थित सेती नदीको दोभानमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकस्थित सडकको नालामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

