नवकान्तिपुर संवाददाता
काठमाडौं, १ वैशाख ।
सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न यस क्यालेण्डरले केही टेवा पुग्ने बैंकको विश्वास रहेको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि मानिसहरू घुम्नबाट बञ्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरूको खोजी भइरहेको अवस्थामा क्यालेण्डरका माध्यमबाट नेपालका अद्वितीय भ्रमण गन्तव्यहरू पÞmोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरप आदि स्थानतिर मानिसलाई आकर्षित गर्ने छ र भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्रोत्साहन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण संसारका लोकप्रिय भ्रमण गन्तव्यको रूपमा नेपाल चिरपरिचित छ । यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तव्यहरूले विद्यमान भ्रमण गन्तव्यमा मात्रै आफ्नो भ्रमणलाई सीमित नगरी नेपालका अन्य भ्रमण गन्तव्यहरूका बारेमा पनि जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलको धारणा रहेको छ ।