सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सिइओ न्यौपाने यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् ।



उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने, प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

सम्बन्धित समाचार