माओवादी केन्द्रको विस्तारित बैठकले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको छ । आज (बिहीबार) पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहक ‘प्रचण्ड ‘ले सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका थिए । उनले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । ‘स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा अध्यक्षले बिफ्रिङ गराउनुभयो । सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ’ एक नेताले भने ।



त्यस्तै बैठकले जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने र नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय पनि गरेको छ । बैठकले सत्ता गठबन्धन भित्र तालमेल नभए एमालेसँग तालमेल नगर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार