मृत अवस्थामा ६ जना फेला

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ भगवानपाउ रेम्पुच्छे गुरुको मूर्ती नजिक हाल नाम, थर, वतन नखुलेको करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै रामेछाप, उमाकुण्ड गाउँपालिका-२ रत्नज्योती बजारस्थित सडक छेउमा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-७ बस्ने ४७ वर्षीय धनकुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता रौतहट, राजपुर नगरपालिका-४ स्थित पोखरीमा सोही ठाउँ बस्ने ६५ वर्षीय
बिलासी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै धनुषा, औरही गाउँपालिका-१ बस्ने ३० वर्षीय सूर्य नारायण ठाकुर घरबाट ५ सय मिटर टाढा रहेको माछा पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१८ विनायक कोलोनी भञ्ज्याङ बस्ने सिन्धुपाल्चोक घर भएका ५५ वर्षीय नारायण अधिकारी आफ्नै घर अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, रतुवामाई नगरपालिका-६ सौंठा बस्ने २८ वर्षीय तिर्थ निरौला सुनवर्षी नगरपालिका-६ झपडतलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार