विवेकशील साझाबाट काठमाडौंका मेयर र उपमेयरका उम्मेदवारले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठसहित)

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विवेकशील साझा पार्टीका काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । आज (शनिबार)पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर पदकी उम्मेदवार समीक्षा बाँस्कोटा उ उपमेयर पदकी उम्मेदवार कीर्ति तुलाधरले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् । गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले मेयरमा बाँस्कोटालाई र उपमेयरमा तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । ३८ वर्षीय बाँस्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् । त्यस्तै, ६२ वर्षीय तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् । यस्तो छ प्रतिज्ञा पत्र  

सम्बन्धित समाचार