नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।

स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान साढे १० बजे स्याङ्जाको वालिङ नगरपालिका- १२ डाँडाखर्कमा जिप दुर्घटना भएको हो ।
ग १ ज ७३९९ नम्बरको जिप दुर्घटनमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृतकहरुको पहिचान गर्न प्रयास भइरहेको छ ।
दुर्घटनामा परी घाइते भएका २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको र उनीहरुको अवस्था भने गम्भिर रहेको छ । त्यस्तै ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचार भैरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

