जिप दुर्घटना : मृतक ५ जनाकै सनाखत (अपडेट)

स्याङ्जामा आज (आइतबार) बिहान भएको जिप दुर्घटना परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ । उक्त दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा स्याङ्जा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष ४५ की हीराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उनका सात महिनाको छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ । आज ग १ ज ७३९९ नम्बरको जिप बिहान साढे १० बजे स्याङ्जाको वालिङ नगरपालिका- १२ डाँडाखर्कमा दुर्घटना भएको हो ।



त्यस्तै घाइते हुनेहरुमा वालिङ नगरपालिका १२ डाडाखर्कका अन्दाजी ६० वर्षका अङ्ह बहादुर दाला, ५५ वर्षीया माया कुमारी शारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नबिना शारु, १९ वर्षीय लक्ष्मी डाला र ५५ वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ । जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो ।

 

सम्बन्धित समाचार