नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित नेकपा समूहका नेताहरुबीच भेटवार्ता भएको छ ।
आज(आइतबार) नेपाल निवास कोटेश्वरमा तीन पार्टीका नेताहरुबीच भएको भेटवार्ता भएको हो । भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले बताए । भेटमा प्रचण्ड र नेपालले स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएका छन् ।
भेटमा स्थानीय तहको चुनावी तालमेलका विषयमा समेत कुराकानी भएको ओलीले बताए । भेटमा नेकपा महासचिव विप्लवसहित, सचिवालय सदस्य हेमन्तप्रकाश ओली,धर्मेन्द्र बास्तोला र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

