सत्ता गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

सत्तारुढ गठबन्धनका नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आज बिहान ९ बजे बस्ने भनिएको बैठक १०:१५ बजे मात्रै सुरु भएको हो ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा टुंगो लगाउने निर्णयबारे छलफल हुने गठबन्धनका शीर्ष नेताहरुले बताएका छन् । यसअघि हिजो (आइतबार)पहिलो चरणमा महानगर उपमहानगरको टुंगो आज सम्म लगाउने सहमति भएको थियो । महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति यसअघि नै सत्तारुढ गठबन्धन गरिसकेको थियो । देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।



त्यस्तै बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको विषयमा पनि छलफल गरिने नेताहरुले बताए । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ-आफ्नै दाबी भएका कारण सहमति जुट्न सकेको छैन ।

सम्बन्धित समाचार