महानगर र उपमहानगरको विषयमा यसो भने प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा आजै साँझ टुंगो लगाउने बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको बारेमा छलफल भइरहेको बताएका छन् ।



‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ । यहाँ सिधै गठबन्धनको बैठकबाट आएको र अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिकामा तालमेल निष्कर्षमा पुग्छौं’ प्रचण्डले भने ।

सम्बन्धित समाचार