प्रचण्डले भरतपुरमा रेणु नै चाहिने भन्ने होइन भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा रेणु दाहाल नै चाहिन्छ भनेर नभनेको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले आफूहरुले ६ वटा महानगरमध्ये एक पाउने भन्दै माओवादीलाई जुन दिए पनि फरक नहुने बताएका छन् । अध्यक्ष दाहालले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन् । अध्यक्ष दाहालले आफूहरुलाई काठमाडौँ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ भनेका छन् ।



त्यस्तै प्रचण्डले काँग्रेसलाई पनि भरतपुर माओवादीलाई नै दिनु उचित हुने भनेको बताए । ‘भरतपुर नभई भएन भनेको छैन। रेणु नभई भएन भन्ने अडान होइन, भरतपुर हुँदैन भनेपनि ठिकै छ । भरतपुर नै चाहिने रेणु नै चाहिने भन्ने होइन । छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं र विराटनगर भए पनि हुन्छ। भरतपुर माओवादीलाई नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ । जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो’ प्रचण्डले भने ।

सम्बन्धित समाचार