अर्थमन्त्री फेर्ने विषयमा यसो भने प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल अर्थमन्त्री फेर्नेबारे कुनै छलफल नभएको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिले अर्थमन्त्री फेर्नेबारे कुनै छलफल र चर्चा नै नचलेको बताएका हुन् । ‘अहिले अर्थमन्त्री फेर्नेबारे चर्चा पनि चलेको छैन् । यसबारेमा कुनै छलफल भएको छैन् । यो हल्ला हो ’ प्रचण्डले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माको आलोचना भैरहेको छ ।



त्यस्तै पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचन नसर्ने भन्दै आफूहरुले ६ वटा महानगरमध्ये एक पाउने भन्दै माओवादीलाई जुन दिए पनि फरक नहुने बताएका छन् । यस्तै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा आजै साँझ टुंगो लगाउने बताए ।

 

सम्बन्धित समाचार