४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र छपाइ सकियो

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइसकेको जानकारी दिएको छ । आज (सोमबार) निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिए । एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने ९५ लाख २५ हजार मतपत्र छपाइ सकिएको पौडेलले बताए ।



त्यस्तै आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ । यसैगरी, आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ ।

सम्बन्धित समाचार