नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार)देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले र देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

