नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १०० रुपैयाँ रहेकोमा सोमबार रु १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ६०० रहेकामा सोमबार प्रतितोला रु १ लाख २ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य भन्दा अनुसार नै कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ४२० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।