किन सर्‍यो सत्ता गठबन्धनको बैठक ?

सत्ता गठबन्धको बैठक सरेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सरेको हो ।

महानगरपालिका र उप महानगरपालिकामा सिट बाँडफाँडको विषयमा बैठक बस्न लागेको हो । सोमबार दुई पटक बसेको गठबन्धन बैठक विना निष्कर्ष टुंगिएपछि आजको लागि बैठक बोलाइएको थियो । आजको बैठकमा स्थानीय तह निर्वाचनको तालमेलको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।



यसअघि हिजोको बैठकमा पोखरा महानगरको विषयमा कुरा नमिलेपछि सहमति हुन सकेको थिएन । पोखरा महानगरको लागि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका थिए । आजको बैठकले महानगर र उपमहानगरपालिकामा कुन दलले कहाँबाट उम्मेद्धारी दिने भन्ने टुंगो लगाउने बताइएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार