नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने आदेश जारी गरेको छ । आज (मंगलबार) सर्वोच्चले आयोगले जारी गरेको आचारसंहिता विरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको हो ।
न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट रिट खारेज गरेको जानकरी दिए । उक्त रिट खारेज भएसँगै अब स्थानीय तहका जनप्रतिनिधिले चुनाव लड्दा राजीनामा दिनुपर्ने भएको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले सर्वोच्च रिट दायर गरेका थिए । सर्वोच्च अदालतले आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।

