नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।
नेपालमा आज (बुधबार) सुनको मूल्य १५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६०० रुपैयाँ रहेकोमा मंगलबार रु १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख १ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनिमंगलबारको मूल्य भन्दा ३५ रुपैयाँ घट्दै एक हजार ३८५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार ४२० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४५ डलर आसपास कारोबार भइरहेको छ ।