यस्तो छ राप्रपाको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (बुधबार) राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि ४ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिनेलगायतको घोषणापत्रमा उल्लेख छ । त्यस्तै पार्टीको घोषणापत्रमा प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने, राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको आत्मसम्मानपुर्वक जीवनयापनका लागि वातावरण निर्माण गर्ने जस्ता कार्यक्रमहरु पनि गर्ने घोषणा गरेको छ ।



त्यसैगरी राप्रपाले हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने भन्दै महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने घोषणा गरेको छ ।

यस्तो छ राप्रपाको चुनावी घोषणापत्र :

 

 

सम्बन्धित समाचार