नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९०० रुपैयाँ रहेकोमा बुधबार रु १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४०० रहेकामा बुधबार प्रतितोला रु १ लाख १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ३८० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३८५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९५१ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ ।