निर्वाचनको विषयमा यसो भने प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन सबैलाई आग्रह गरेका छन् । आज (बिहीबार) प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अधय्क्ष प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नुपर्ने बताए । उनले निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन सबैलाई आग्रह गरे । ‘अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ’, अध्यक्ष दाहालले भने ।



कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।’ उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए ।

सम्बन्धित समाचार