अक्सिजन प्लान्ट विस्फोटमा परी एक भारतीय नागरिकको मृत्यु, ६ जना घाइते (अपडेट)

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । आज (बिहिबार) बिहान अक्सिजन प्लान्ट विस्फोट भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक बृजकुमार महतो रहेका छन् । अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।



विस्फोटमा परी घाइते हुनेहरुको उपचार पाटन अस्पताल र बिएन्डबी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार