नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ । आज (बिहीबार) काठमाडौं महानगर कार्यसमितिको बैठकले मेयरमा ५ जनाको नाम सिफारिस गरेको हो ।
यसैगरी महानगर कार्यसमितिको बैठकले उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको छ । बैठकले मेयरको लागि नीलकाजी शाक्य, श्रृजना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
त्यस्तै बैठकले उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ । सत्ता गठबन्धनले काठमाडौंमा काँग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति भएको छ ।
विज्ञप्ति