मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-७ शुक्रवार बस्ने जीचन चौधरीको घरमा बिगत ३५ वर्षदेखि काम गरी बसेका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण भनि बोलाउने पुरुष आफु सत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-१२ ओदाली बस्ने ६० वर्षीय मान बहादुर थापा सोही ठाउँस्थित बैजनाथ मन्दिर नजिक रहेको सुख्खा नहरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, चौरिदेउराली गाउँपालिका-५ ढुङ्गाना टोलस्थित सिँचाइ गर्न बनाएको पोखरीमा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल प्रसाद चौलागाईको शव बुधबार फेला परेको छ ।



त्यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीमा सुर्खेत पञ्चनपुरी नगरपालिका-११ ढुंगेबजार बस्ने १४ वर्षीय विशाल माझी बुधबार मृत अवस्थामा फेला परेका छन् । गत चैत ३० गते नुहाउने क्रममा उनी बेपत्ता भएको बताइएको छ । यस्तै भक्तपुर, चाँगुनारायण नगरपालिका-१० नालाछाप राधाकृष्ण चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-२१ कुर्थास्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार