नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९०० रुपैयाँ रहेकोमा बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४०० रहेकामा बिहीबार पनि प्रतितोला रु १ लाख ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ३६० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३८० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९५२ दशमलव ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।