माओवादीबाट ललितपुर उपमेयरका लागि बज्राचार्यको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको छ । आज (शुक्रबार) ललितपुर महानगर कार्यसमितिको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो ।

यसैगरी महानगर कार्यसमितिको बैठकले मेयरको नाम भने सिफारिस गरेको छैन । यसअघि सत्ता गठबन्धनभित्र भएको सहमतिमा ललितपुर महानगर मेयरमा कांग्रेसले र उपमेयर माओवादीले लिने सम्झौता भएको थियो ।



महानगर कार्यसमितिको बैठकले उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार