राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र डब्ल्युएचओ महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा.टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यस्तै महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे ।



राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता, के भयो कुराकानी ?

यस्तै भेटमा महानिर्देशक डा.टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा जानकारी गराएका थिए ।
उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा.टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन् । उनी यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।

सम्बन्धित समाचार