नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।
बलिउड अभिनेता सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । सलमान जेठ १४ गते हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमको लागि नेपाल आउन लागेका हुन् ।
सलमान १२ गते बेलुका काठमाडौँ आइपुग्ने छन् । सलमानले १३ जेठमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेक्रफास्ट र माउण्टेन फ्लाइट गर्ने कार्यतालिका रहेको कार्यक्रम आयोजक राजिव श्रेष्ठले जानकारी दिए । त्यसपछि उनी जेठ १४ गते दशरथ रंगशालमा हुने कार्यक्रमको तयारी गर्ने छन् । त्यस्तै उनले उद्योगी–व्यवसायीसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । उक्त कार्यक्रममा नेपाली कलाकारहरुको पनि प्रस्तुति हुनेछ ।