यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सो क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए । त्यस्तै कार्यक्रममा एमालेले चुनावी घोषणापत्रसँगै ७५३ वटै पालिकामा प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेको हो । एमालेले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।



घोषणा पत्रमा एमालेले दिशाविहीन गठबन्धनको कारण देशमा चौतर्फी सङ्कट भएको उल्लेख गरेको छ । एमालेले घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफै बनाऊँ ’ भित्र जनताको स्वशासन र सहभागितामलकू लोकतन्त्र सम्बन्धी पार्टीकादृष्टिकोण अन्तरनिहित रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

‘गएका नौ महिनामा मलुकका प्रत्येक पक्ष र राज्यका सबै अङ्गलाई अस्तव्यस्त, सङ्कटग्रस्त र असफल बनाउँदै लगिएको छ । राजनीतिक हस्तक्षेप र स्वार्थजन्य सेटिङका कारण न्यायालय विवादग्रस्त, अविश्वसनीय र साखविहीन बन्दै गएको छ । नेपालको इतिहासमै पहिलो पल्ट न्यायाधीशहरूको हडताल र कानुन व्यवसायीहरूको अवरोधका कारण सङ्कटकालमा समेत रोक्न नमिल्ने बन्दी प्रत्यक्षीकरण लगायत जनताका न्यायिक हक हनन भएका छन्’ घोषणापत्रमा उल्लेख छ ।

एमालेको चुनावी घोषणापत्र :

 

सम्बन्धित समाचार