भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । आज (शुक्रबार) मेयर दाहालले राजीनामा दिएकी हुन् ।

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर पाएपछि मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिएकी हुन् । नेकपा मओवादी केन्द्रले मेयर पदमा पुन: रेनु दाहाल लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी थिइन् र उपमेयर ठकुरीले दाहालको राजीनामा स्वीकृत गरेकी छिन् ।



सत्ता गठबन्धनको सहमति अनुसार भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । निर्वाचन आचारसंहिताअनुसार पुन: उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान रहेको छ । उनले २०७४ को निर्वाचनमा एमालेका देवीप्रसाद ज्ञवालीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएकी थिइन् ।

 

 

 

 

सम्बन्धित समाचार