आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा ९ जना र एक हजार ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ४८१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८२ रहेको छ । जसमा २७९ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा रहनेको संख्या शून्य रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ७१४ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १७९ जना पुगेको छ ।

 

सम्बन्धित समाचार