नवकान्तिपुर संवाददाता
काठमाडौं, १० वैशाख ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आज (शनिबार) बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । यसअघि शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको थियो ।
आज बस्ने बैठकमा बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए । यद्यपि काँग्रेसका शीर्ष नेताहरूबीचको अहिले बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।
विज्ञप्ति

