मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । नवलपरासी (पूर्व), बौद्वीकाली गाउँपालिका-२ तल्लोथरस्थित बाँसको झ्याङमा सोही गाउँपालिका-१ मिथुकरण बस्ने ६२ वर्षीय रुकसिंह विक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-७ स्थित पूर्वअरनिको गेष्ट हाउसमा बिगत एक वर्षदेखि काम गर्न बसेकी काठमाडौं बालाजु घर भएकी ४२ वर्षीया अनिता परियार सोही गेष्ट हाउसको कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्



त्यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-६ चारकिलोस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार