नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।
गोरखामा सत्ता गठबन्धन भत्किएको छ । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्ने निर्णय गरेको हो ।
आज (आइतबार) बसेको गोरखा जिल्ला कार्यसमितिको बैठकमा काँग्रेसले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सभापति नन्द प्रसाद न्यौपानेले गठबन्धन संयन्त्रको बैठक लचकता देखाएपनि सहमती हुन नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।
गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसले जिल्लाका ११ पालिकामध्ये ९ पालिकाको प्रमुख जितेको थियो । ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ’ न्यौपानेले भने । त्यस्तै माओवादी केन्द्रले गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।