नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काभ्रेले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
६ नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा एमलेलेले प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । बनेपा नगरपालिकाको
प्रमुखमा रत्नकुश रञ्जितकार, उपप्रमुखमा विमला सापकोटा, धुलिखेल नगरपालिकाको प्रमुखमा अशोक ब्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जानकारी दिएको छ ।
त्यस्तै पनौती नगरपालिका प्रमुखमा भीम न्यौपाने, उपप्रमुखमा गीता बन्जारा, मण्डन देउपुर नगरपालिकाको प्रमुखमा विदुर सापकोटा, उपप्रमुखमा सरिता ढकाल, पाँचखाल नगरपालिका प्रमुखमा कन्चन अधिकारी, उपप्रमुखमा सूर्यमाया दनुवार नमोबुद्ध नगरपालिका
प्रमुखमा राजन भुर्तेल, उपप्रमुखमा सम्झना लामा, भुम्लु गाउँपालिका अध्यक्षमा प्रेम लामा उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौँरी देउराली गाउँपाालिका
अध्यक्षमा जितराम लामा, उपाध्यक्षमा बबिता खरेल, रोशी गाउँपालिका अध्यक्षमा देबसागर लामा, उपाध्यक्षमा बबिता बोहोरा, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना, उपाध्यक्षमा सरला लामिछाने, तेमाल गाउँपालिका अध्यक्षमा इन्द्र तामाङ, उपाध्यक्षमा सम्तेन लामा, खानीखोला गाउँपालिका अध्यक्षमा डम्बर तिमल्सिना, उपाध्यक्षमा रुकमणी गुरुङ र महाभारत गाउँपालिका अध्यक्षमा पूर्णबहादुर वाइबा, उपाध्यक्षमा शान्ति तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।