नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा सोही आश्रमको संरक्षण तथा हेरचाहमा बस्दै आएका रोल्पा बडाचौर ४ घर भएका ३० वर्षीय सुरज डाँगी आफै सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-२५ फिर्केटारीस्थित जंगलमा सोही महानगरपालिका हेम्जा सुईखेत बस्ने ३८ वर्षीया देवका अधिकारी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार दिउँसोदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता तनहुँ, सुक्लागण्डकी नगरपालिका-४ र ५ नम्बर वडाको सिमाना कबरस्थान खोल्साको पानी जमेको स्थानमा सोही नगरपालिका-५ गलछिना बस्ने ३० वर्षीय बिषाल ढुङगाना शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबार साँझबाट सम्पर्कबिहिन भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-७ शिवनगर जंगलमा सोही उपमहानगरपालिका- ११ बस्ने ६० वर्षीय काजिमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रौतहट, देवाही गोनाही नगरपालिका-५ स्थित बासघारी भएको जग्गामा हल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी लम्जुङ, दोर्दी गाउँपलिका-३ हाडिखोलामा बेशिसहर नगरपालिका-११ बस्ने हरिराम सेढाईँको छोरा ११ वर्षीय आशिष सेढाईँ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-५ च्याल्टीस्थित कुलोमा सोही ठाउँ बस्ने ६७ वर्षीया सोभा लामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बेलुका घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यसैगरी बारा, कलैया उपमहानगरपालिका-१३ पिपडारीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहट, बौधीमाई नगरपालिका-५ स्थित भकुवा खोलामा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ जनकल्याण सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

