नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।

नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भ्येओ सहमति अनुसार नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
जसमा पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौँ महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी (एकीकृत समाजवादी मिना लामालाई हेटौँडा उपमहानगरपालिकाको मेयर, इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगर उम्मेदवार रहेका छन् ।
गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाको उपप्रमुख पाउने निर्णय भएको थियो भने उपमहानगरपालिका तर्फ हेटौंडा उपमहानगरपालिकाको मेयर पद पाउने तथा इटहरी, बुटवल र तुल्सीपुरमा भने उपप्रमुख पद पाउने सहमति भएको हो । उम्मेदवारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने र तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उम्मेदवारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उम्मेदवारी दिने निर्णय भएको एकीकृत समाजवादीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

