नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।
नेपालमा आज (सोमबार ) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २०० रुपैयाँ रहेकोमा आइतबार रु १ लाख ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ७०० रहेकामा आइतबार प्रतितोला रु १ लाख मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ३५० कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ३६० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।