नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।

नेपाली काँग्रेसले काठमाडौँ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) नेपाल काँग्रेस बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको हो ।
जसमा उपेन्द्र कार्की कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा, गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल रहेका छन् । त्यस्तै काँग्रेसले चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी, उपमेयरमा यमुनादेवी श्रेष्ठ, तारकेश्वर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मेयरमा मोहन बस्नेत र उपमेयरमा वसन्ती तामाङलाई ऊमेद्वर बनाएको छ ।
यसैगरी काँग्रेसले नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बूढानीलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे, उपमेयर बाँकी र शंकरापुर नगरपालिकाको मेयरमा ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
विज्ञप्ति

