मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । कैलाली, गौरीगंगा नगरपालिका-१ लठैया बस्ने धन सिंह रानाको छोरा १३ वर्षीय गोपाल राना मगर सोही ठाउँस्थित गौरीगंगा नदीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

उक्त खोलामा नुहाउन जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको हो । त्यस्तै बारा, कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रुपन्देही, देवदह नगरपालिका-५ नमुना हरियाली टोल डेरा गरी बस्ने नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका-५ बाघखोर घर भएका २७ वर्षीय गणेश परियार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार