महिनौँसम्म धारो बन्द नगर्दा…

पोखरी मर्मत सम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एक जना शिक्षकले कोरोना भाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महसुल तिर्नुपर्ने भएको छ ।

व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो । सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताए ।



विद्यालयका अन्य कर्मचारीले कहिलेकाहीँ खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए । उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षति मात्र भएन २७ हजार अमेरिकी डलर महसुल तिर्नुपर्ने भयो । अब ती शिक्षक र उनको कामको सुपरिवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन् ।

सम्बन्धित समाचार