मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सप्तरी, शम्भुनाथ नगरपालिका-३ कचन्दाहास्थित राधा कृष्ण मन्दिरको बारान्डामा सोही नगरपालिका-९ बज्रहट टोल बस्ने ५० वर्षीय अर्जुन मुखिया मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-९ अस्वरा बस्ने ४७ वर्षीय जग्गु थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता डोटी, शिखर नगरपालिका-८ डोके बजारस्थित घोरेटो बाटोमा सोही नगरपालिका-१० बाण्डुङ्ग्रिसैन बस्ने ५४ वर्षीय शेर बहादुर बलायर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकस्थित सार्वजनिक शौचालय छेउको कोठामा सोही शौचालयमा काम गरी बस्ने भारत सितापुर तम्मोर गाउँ घर भएका ३९ वर्षीय राकेश बाल्मिकी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता इलाम, माई नगरपालिका-३ सितली डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका-८ घर भएका २९ वर्षीय दिनेश राई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी इलाम, सूर्योदय नगरपालिका-१ टिमुरे बस्ने ३९ वर्षीय कुल बहादुर थापा सोही ठाउँस्थित टिमुरे भिरबाट करिब ५० फिट तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । घरबाट खाने पानी बनाउन खोलातर्फ हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

त्यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउमा तीरमा रुपन्देही तिलोत्तमा नगरपालिका-१२ बुधबारे बस्ने ५२ वर्षीय टोपलाल खरेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सिरहा, भगवानपुर गाउँपालिका-१ हुलाकी सडकखण्डमा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार