नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।
सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ । आज(बुधबार) मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुने गरी साताको २ दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।
शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय अब बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछन् । ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९:३० बजेदेखि साँझ ५:३० सम्म कार्यालय समय कामय गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
इन्धन र सार्वजनिक खर्च कटौती गर्न सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। मुद्रा सञ्चिति घट्दै गएपछि केही महिनायता सातामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा बहस भएको थियो ।