सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग स्थानीयस्तरमा भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनकोबैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको छ । त्यस्तै बैठकले ६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकामा मनोनयन भएका गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्ने र अन्य स्थानीय तहमा पनि गठबन्धनको भावना विपरीत भएका उम्मेदवारी दर्ता सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो ।



यसैगरी, गठबन्धन नगरिएका स्थानीय तहहरुमा पनि स्थानीय र प्रदेश संयन्त्रले समझदारी कायम गराउन आवश्यक कार्य गर्ने निर्णय गठबन्धन दलका शीर्ष नेताहरुले गरेका छन् । गठबन्धन दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी गर्ने, समझदारी हुन नसकेका ठाउँमा समझदारीका लागि आवश्यक कार्य गर्नेलगायतका निर्णय गठबन्धनले गरेको छ ।

बैठकपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले ७ बुँदे विज्ञप्ति जारी गरेका थिए । बैठकमा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार