नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।
सरकारले वैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकलेखानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
भारतको नयाँ दिल्लीमा हुने ‘राईसीना डायलग’२०२२ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने निर्णय
खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैँकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय
आ.व.२०७८/७९को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने निर्णय
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय
दक्षिण कोरियाको सिओलमा हुने पन्ध्रौँ ‘वल्र्ड फरेस्ट्री कंग्रेस’सम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेललाई स्वीकृति दिने निर्णय
कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय
द एडुकेशन बोर्ड फोरमको आयोजनामा बेलायतको लण्डनमा आयोजना हुने ‘एडुकेशन वल्र्ड फोरम २०२२’मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृति दिने निर्णय
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय
‘नर्वे’को ओस्लोमा आयोजना हुने ‘मेन्टल हेल्थ’सम्बन्धि ‘एनुअल प्रोजेक्ट मिटिङ’मा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई स्वीकृत दिने निर्णय
राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय
सिन्धुलाल्चोक जिल्ला साबिक तातोपानी गाविसअन्तर्गत पर्ने नौ रोपनी सरकारी जग्गा भोटेकोसी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय
हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९:३० बजेदेखि साँझ ५:३० सम्म कार्यालय समय कामय गर्ने, शनिबार र आइतबार सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय
बङ्गलादेशमा ‘बेरिन्ड मल्टिप्रपोज डेभलभमेन्ट’ बाट सिँचाइ व्यवस्थापनका मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय
बारा जिल्ला साबिक प्रसौनी गाविस–५ स्थित सरकारका नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय
उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय
मध्यमोदी जलविद्युत आयोजनाको प्रसारणलाईनको लागि मोदी गाउँपालिका वडा नंं २ देउपुरदेखि मोदी गाउँपालिका वडा नं. ३ कोरुङगासम्मको एक दशमलव ९७२९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय
साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधाको जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने निर्णय
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश (गठन), २०७८ पनि स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय