नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १००० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रुपैयाँ रहेकोमा बुधबार रु ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ३२० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३४० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८८० दशमलव २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।