एआईजी पोखरेल आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालत गएका छन् । आज (सोमबार) पोखरेल नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालत गएका हुन् ।

उनले सुनिता रावतको वारेसनामामा दिएको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुक अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।



सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।

सम्बन्धित समाचार